Comments Add Comment

कागज कीर्ते गरी सरकारबाट १ अर्व ८ करोड क्षतिपूर्ति भराउन खोज्ने पक्राउ

१७ असार, काठमाडौं । सरकारी छाप, लेटरप्याड र दस्तखत कीर्ते गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-११ सिंहदरबार दक्षिण गेट नजिकबाट काभ्रेको धुलीखेल बस्ने बारा निजगढका ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजनकुमार थापालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा लक्ष्मी अधिकारीको बुवाको मृत्यु नेपाल सरकारको कारणले भएको भनी प्रमाणित गरिएको कागजसमेत बरामद भएको छ । उक्त पत्रमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीको कीर्ते हस्ताक्षर छ ।

उक्त कागजमा क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी जम्मा १ अर्ब ८ करोड ७६ लाख दिने उल्लेख गरिएको छ ।

साथै प्रहरीले १३ थान बैंकको चेक, विभिन्न व्यक्तिहरुको राहदानी तथा नगद ४२ हजार २१० रुपैयाँसमेत बरामद गरेको जानकारी दिएको छ । यसबारे थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment