Comments Add Comment

बोर्ड अध्यक्ष भन्छन्–‘जग्गा नखोजे मलाई मन्त्रीज्यूले अब पिट्नुहुन्छ’

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई संचार, सूचना तथा प्रविधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाको कार्यकक्षमा जाँदा सधै गाली खाएर फर्किएका छन् । अध्यक्ष भट्टराई स्वयंमले यो कुरा बताएका हुन् । बालाजुमा रहेको २७ रोपनी जग्गा मध्ये अहिले ६.५५ रोपनी जग्गा मात्र बाँकी छ । बोर्ड अध्यक्षलाई मन्त्रीले हरेक पल्ट भेट्दा जग्गाको कुरा कहाँ पुग्यो भनेर गाली गरेका छन् । अध्यक्षले भने–‘अहिलेसम्म त मन्त्रीज्यूले मलाई गाली मात्र गर्नुभएको छ, मैले जग्गा खोजिन भने पिट्नु नै हुन्छ होला ।’

मन्त्री बाँस्कोटाले बालाजुको सरकारी जग्गा मनपरी गरेर खानेलाई पानी मुनी गएपनि नछाड्ने बताइसकेका छन् । यसैले पनि बोर्ड अध्यक्षलाई यो काम गर्नु नै पर्ने दबाब छ । उनले भने–‘हामीले जग्गाको बिषयमा खोजिरहेका छौ । धेरै कागज हात परिसकेका छन् ।’ यस्तै, बोर्ड अध्यक्ष भट्टराइले राष्ट्रिय चलचित्र पुरस्कारका लागि राष्ट्रपतिले समय नदिएको भन्ने कुराको पनि खण्डन गरेका छन् । तीन बर्षको राष्ट्रिय चलचित्र अवार्ड एकैचोटी असार २७ गते आयोजना हुँदैछ ।
बोर्ड अध्यक्षले भने–‘राष्ट्रपतिले समय नदिएकाले अवार्ड नभएको भन्ने आलोचना पनि भयो । तर, म समय माग्न जाँदा राष्ट्रपति ज्यूले मलाई यसअघि पनि समय माग्न आउनुभएको थियो । तर, अवार्ड नै भएन भनेर भन्नुभएको थियो ।’

भट्टराइले नेपाल सरकारको आयोजनामा ‘आइफा अवार्ड’ हुन लागेको कुरालाई पनि अस्विकार गरेका छन् । उनले, आफू पनि यसमा प्रत्यक्ष जोडिएकाले आइफा अवार्डका लागि सरकारले कुनै रकम दिने बिषयमा कुरा नै नभएको प्रष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment