Comments Add Comment

दुर्गा बाबु स्मृति संगीत पुरस्कार पाण्डेलाई

१७ असार, काठमाडौं । यस बर्षको दुर्गाबाबु स्मृति संगीत पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत छात्र साइजित पाण्डेलाइ प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित सो पुरस्कार सशस्त्र प्रहरी परिवार महिला संघको बार्षिक उत्सवको अवसर पारेर प्रदान गरिएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

पाठकको संगीत कलालाइ जीवन्त राख्न दुर्गा बाबु संगीत स्मृति कोष मार्फत पुस्कार प्रदान गर्दै आएको छ । मंगलबार सशस्त्र प्रहरी बल हल्चोकमा आयोजित संघको १८ औं बार्षिकोत्सबको अबसरमा संघकी अध्यक्ष सरिता कँडेल खनालले पाण्डेलाई सो पुरस्कार प्रदान गरिन् ।

संगीतमा बिशेष रुची राख्ने स्व. पाठक गीत रचना गर्ने,  संगीत दिने र गाउने गर्दथे । उनले दुई वटा सोलो एल्बम समेत बजारमा ल्याइसकेका थिए । पाठकको २०७२ चैत २८ गते धादिङको मलेखुमा सडक दुर्घटनामा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment