Comments Add Comment

रुपन्देहीमा गोली हानेर साढे ४ लाख लुटियो

१७ असार, बुटवल । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली हानेर ४ लाख ६३ हजार रुपैयाँ लुटेको हो ।

गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लबाट रकम लुटिएको हो ।

लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको सो रकम मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ। मल्लले आफ्नो २ लाख र बाँकी ताल सरसफाइ समितिको रकम गरी ४ लाख ६३ हजार बोकेकी थिइन् ।

सु १ ह ३३७ नम्बरको टेम्पो चढेर गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएकाहरूले गोली चलाएका थिए ।

लुटेराहरूको गोली टेप्पुको टायरमा मात्रै लागेको छ । मानवीय क्षति भने नभएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment