Comments Add Comment

पारस खड्कालाई पछि पार्दै प्याराग्लाइडिङका युकेश बने उत्कृष्ट खेलाडी

१७ असार, काठमाडौं । यस वर्षको पल्सर स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पाराग्लाइडिङका युकेश गुरुङले जितेका छन् ।

गुरुङले क्रिकेटका पारस खड्का, सोमपाल कामी, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्रबहादुर श्रेष्ठलाई पछि पार्दै उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

गुरुङले १८ औं एसियाली खेलकुद (एसियाड)मा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष इभेन्टमा रजत पदक जितेका थिए । एसियाडमा नेपाललाई २० वर्षपछि रजत जिताउँदा पाँच मध्ये चार चरणमा गोल पूरा गरेका थिए ।

त्यस्तै उनले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक स्कोर गरेका थिए । युकेशले स्याङ्जामा भएको प्याराग्लाइडिङ एक्युरेसी वर्ल्ड कपमा कास्य पदक पनि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment