Comments Add Comment

भारतले बंगलादेशलाई दियो ३१५ रनको लक्ष्य

१७ असार, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई ३१५ रनको लक्ष्य दिएको छ ।

जस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१४ रन बनाएपछि बंगलादेशले ठूलो लक्ष्य पाएको हो । बंगलादेशविरुद्ध ठूलो लक्ष्य बनाउने क्रममा भारतका रोहित शर्माले शतक बनाए । उनले ९२ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै १०४ रन बनाए ।

त्यस्तै, केएल राहुलले ७७ रन बनाए । पहिलो विकेटका लागि रोहित र राहुलले १८० रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पु¥याएका थिए । त्यस्तै, रिषभ पन्तले ४८ रन बनाउँदा महेन्द्रसिंह धोनीले ३५ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले पाँच विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment