Comments Add Comment

कांग्रेस र राप्रपाद्वारा सिद्धार्थनगरको नगरसभा बहिस्कार

१७ असार, बुटवल । नेपाली कांग्रेस र राप्रपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको पाँचौ नगरसभा बहिस्कार गरेका छन् । आफूहरुलाई बोल्न नदिइएको भन्दै यी दुई दलबाट निर्वाचित २८ जनाले जनप्रतिनिधिले पाँचौं नगरसभामा बहिस्कार गरेका हुन् ।

बहिस्कारपछि प्रतिपक्षी दलका २८ जना जनप्रतिनिधिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रतिवेदनमाथि पारदर्शी रुपमा छलफल हुनुपर्ने धारणा व्यक्त गरे । उनीहरुले आफ्ना मागलाई सम्बोधन नगरेसम्म नगरका सबै बैठक, कार्यक्रम बहिस्कार गर्ने र विरोध जारी राख्ने बताएका छन् ।

कांग्रेसबाट निर्वाचित दीपक श्रेष्ठले प्रतिपक्षीको कुरै नसुन्ने र प्रतिवेदनहरु गुपचुप राखेर सूचनाको मौलिक हकबाट समेत बञ्चित गराइएको बताए ।

राप्रपाबाट निर्वाचित वडासदस्य नारायण उपाध्यायले सभामा नीति तथा कार्यक्रम पास गर्ने कुरा बहुमतको आधारमा भएपनि जनता र नगरका आवश्यकताका कुरा छुट हुन नहुने बताए । न्यायिक समिति अधिकारसम्पन्न भइसकेको अवस्थामा त्यहाँ मेलमिलाप केन्द्र राखेर अनावश्यक आर्थिक भार थोपर्ने काम उचित नभएको उनले जनाए ।

वडासदस्य सुबोध तुलाचनले गत वर्ष भैपरी आउने खर्च शिर्षकमा छुट्टयाइएको ७७ लाख ५० हजार रकमको खर्च विवरणसमेत मेयरले उपलब्ध नगराएको र अहिले बढाएर १ करोड २५ लाख पु¥याएको भन्दै आपत्ति जनाए । त्यस्तै सिद्धार्थनगर १ स्थित फरेनी बजार अगाडिको पार्किङसमेत टेण्डरमार्फत नदिएर नगर प्रमुखले न्यून रकममा तोक आदेशमा दिँदा नगरपालिकाको आयमा नोक्सानी भइरहेको समेत उनले बताए ।

नगरप्रमुख हरी अधिकारीले बहिष्कार गर्नुपर्ने खालकै समस्या नहुँदा नहुँदै पनि नियतवश बहिस्कार गरेको दावी गर्छन् । ‘बहुमतको दम्भ देखाउँदै जे मन लाग्यो त्यो गर्न कसैलाई छुट छैन । हाम्रा जनप्रतिनिधिले उठाएको माग जायज छन् । उठाइएका मागहरुलाई सम्बोधन गर्नुको सट्टा कुल्चने प्रयास भएपछि सभा बहिस्कार गरिएको हो’ कांग्रेस युवा नेता दिलिप धितालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment