Comments Add Comment

आईफा विवादमा सञ्चारमन्त्रीको प्रश्न : ओस्कार नेपालमा हुन्छ भने ४ अर्ब खर्च गर्ने कि नगर्ने ?

१७ असार, काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले आइफा अवार्डमा सरकारले घाटाको ब्यापार नगर्ने बताएका छन् ।

संसदको विकास समितिको बैठकमा मन्त्री बास्कोटाले अहिलेसम्म अवार्ड गर्न सैद्धान्तिक सहमति मात्र दिइएको बताए । बाँकी विषय छलफलमै रहेको उनले बताए ।

सरकारले ४४ करोड दिन लागेको चर्चा रहेको भन्दै उनले भने, ‘एउटा टेन्ट नै उनीहरुले ५६ करोडको राख्दैछन् । यदि ४४ करोड नै दिइहाल्यो पनि पनि पुग्दैन ।’ विश्व चलचित्रको दोस्रो ठूलो बजार बलिउडका मानिसहरु आउँदा सुरक्षा लगायतका विषयलाई सम्बोधन गर्नु स्वभाविक भएको उनले बताए ।

उनले भने, ‘त्यसैले यो एउटा इभेन्ट हो, जुन नेपालमा भरहेको छ भनेर विश्वभरका ५०÷६० करोड मान्छेले हेरे भने हामीप्रतिको जिज्ञाशा बढ्न सक्छ ।’

मन्त्री बास्कोटाले आईफाको विज्ञापन लगायतको विषय अझै टुंगिन बाँकी रहेको बताए । ‘यसमा म स्पष्ट भन्न चाहन्छु, नेपाल सरकारले घाटाको नगर्ने, नाफाको ब्यापार गर्ने हो’ उनले भने, ‘यसको विज्ञापन कति आउँछ भन्ने टोटल सम्झौता भएको छैन । त्यसमा हाम्रो आर्थिक, सांस्कृतिक हितलाई हेर्छौं ।’

अन्तराष्ट्रिय अवार्डहरु नेपालमा गर्दा अर्बौ खर्च गर्दा पनि नहुने ब्राण्डिङ पाइने उनले बताए ।

उनले भने, ‘हलिउड नै यहाँ आउछु भन्यो भने के हुन्छ ? अचम्म हुन्छ । ओस्कार अवार्ड नेपालमा गर्ने, खुम्बुबाट गर्ने भन्यो भने दुई/चार अर्ब नै खर्च भएछ पनि भने पैसामा जोख्ने विषय हुँदैन । १० औं खर्बको ब्राण्डिङ गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment