Comments Add Comment

तपाईंका सन्तान किशोरावस्थामा पो पुगे कि ?

यो सामाजिक, मानसिक परिवर्तनको अवस्था हो

तपाईंका छोराछोरी किशोरावस्थाका भए ? उनीहरुमा केही शारीरिक परिवर्तन नियाल्नुभएको छ ? स्वभावमा केही परिवर्तन देखिन्छ ?

यी प्रश्नमाथि मन्थन गर्नु किनपनि आवश्यक छ भने किशोरावस्था आफैमा एक संवेदनसिल अवस्था हो । यतिबेला उनीहरु शारीरिक तथा मानसिक परिवर्तनको अवस्थाबाट गुजि्ररहेका हुन्छन् । त्यसो त किशोरावस्थालाई ‘गोल्डेन एज’ पनि भनिन्छ । यतिबेला उनीहरु अरु बढी उमंगित, उत्साहित हुन्छन् । साथसाथै चाडै दुःखी र निरास पनि । किनभने यो भावनात्मक उथलपुथलको उमेर पनि त हो ।

हर्मोनल परिवर्तन र व्यवहारमा उत्तारचढाव

आमा-बुवा र किशोरावस्थाका सन्तानबीचको सम्बन्ध अति नै सम्वेदनशिल हुन्छ । यो समयमा बालबालिकाहरुले बाहिरी धेरै कुरा सिकिसकेका हुन्छन् । यो समयमा बालबालिकाहरु आफ्नो व्यक्तित्व विकास गर्ने तिर मात्र केन्दि्रत हुन्छन् । त्यस्तै यो समयमा उनीहरु विपरीत लिंङ्गीप्रति पनि आकषिर्त हुन्छन् । यस्तो स्थितिमा तपाइर्ंले आफ्ना छोरा-छोरी के चाहान्छन् ? के सोच्छन् ? भन्ने कुरा थाहा पाउने कोशिश गर्नु भयो भने तपाईंलाई उनीहरुसँग व्यवहार गर्न सजिलो हुन्छ ।

किशोरावस्थामा शारीरिक सँगसँगै हार्मोनमा परिर्वतन आउने भएकोले यो समयमा उनीहरुको व्यवहारमा उतार-चढाव आउने गर्छ । तपाईंले आफ्ना सन्तानलाई केहि राम्रो तरिकाले सम्झाउन खोज्नु भयो भने उनीहरु रिसाउन सक्छन् । साथीभाईसँग बढी समय बिताउन खोज्ने जस्ता व्यवहारहरु गर्छन् । त्यसैले आमाबुबाले आफ्ना किशोरावस्थाका सन्तानसंग राम्रो तालमेल गर्नका लागि निम्न कुराहरुमा ध्यान दिनु पर्छ ।

राम्रो संस्कार

घरमा एकअर्कासँग कस्तो व्यवहार गर्ने, जीवनमा कुन आदर्शहरुलाई महत्व दिने, राम्रा कुरालाई साथमा राखेर नराम्रा कुराबाट कसरी टाढा हुने जस्ता कुरा नै संस्कार भित्र पर्छन् । यी सबै कुरा आफ्ना छोराछोरीलाई एउटा अविभावकले नै सिकाउने हो ।

ईमान्दारीता, ठुलाको आदर गर्ने, जिम्मेवारी लिने, सधैं साँचो बोल्ने, घरका सदस्यहरुसँग राम्ररी कुराकानी  गर्ने जस्ता कुराहरु लेखेर उनीहरुको कोठामा टाँसिदिने । यसो गर्दा उनीहरुले दिनहुँ ती कुराहरुमा ध्यान दिनसक्छन् र छिट्टै त्यसलाई व्यवहारमा लागु गर्न सक्छन् ।

केही स्वतन्त्रता

घरमा स्वतन्त्र वातावरण बनाउनु पर्छ । छोराछोरीलाई जवरदस्ती कुनै पनि कुराको लागि तयार गर्नु हुँदैन । आफ्ना छोराछोरीलाई के कुरा सहि हो र के कुरा गलत भन्ने सम्झाएपछि उनीहरुले त्यसमा कहिल्यै गलत निर्णय गर्दैनन् । उनीहरुलाई कुनै पनि किसिमको दवाब दिनु हुँदैन ।

उनीहरुले जति दविएको महसुष गर्छन्, उनीहरुको व्यवहार त्यति नै उग्र हुन थाल्छ । आफ्ना किशोरावस्थामा पुगेका छोराछोरीलाई आफ्नो सपना पूरा गर्न स्वतन्त्र छाडिदिनुहोस् । तर उनीहरुलाई आफ्नो मर्यादा के हो भन्ने कुरा समय समयमा सम्झाइ रहनुहोस् ।

उदाहरणीय आमा बुबा बन्नुहोस्

आफ्ना छोराछोरीलाई सिकाउने कुरा आफुले पनि व्यवहारमा लागु गनु आवश्यक छ । यदि  आफ्ना छोराछोरीले सहि बोलोस् भन्ने चाहानु हुन्छ भने आफु पनि कहिल्यै झुठो नबोल्नुहोस् । किनभने उनीहरुले तपाईलाई पछ्याइरहेका हुन्छन् । त्यसैले उनीहरुलाई सफलताको लागि मेहनेत गरेको हेर्न चाहानु हुन्छ भने प्रारम्भमा आफैं कामप्रति समर्पित हुनु सिक्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment