Comments Add Comment

१४ हजार साइकल किन्दै प्रदेश २ सरकार, मूल्य फरक–फरक

१९ असार, जनकपुरधाम । प्रदेश २ सरकारले १४ हजार साइकल खरीद गर्ने भएको छ । प्रदेशअन्तर्गत कक्षा ८ मा अध्ययन गरिरहेका बालिकाका लागि प्रदेश सरकारले १४ हजार साइकल खरीद गर्ने भएको हो ।

‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानअन्तर्गत साइकल वितरण गर्न लागेको प्रदेश सरकारले चार हजार थान खरीद गरिसकेको छ ।

खरीद गरिएका साइकल मुख्यमन्त्री कार्यालयमै राखिएको छ । साइकलका सम्पूर्ण पार्टपूर्जाहरु ल्याएर प्राविविधकहरुले मुख्यमन्त्री कार्यालयभित्र साइकल जडान गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयमा राखिएको साइकल धनुषा र महोत्तरीका बालिकाहरुलाई वितरण गरिने प्रदेश २ सरकारले जनाएको छ ।

खरीद गर्न लागिएको १० हजार साइकल राजविराज र वीरगञ्ज र जनकपुरमा स्टोर गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । वीरगञ्जमा स्टोर गरिने साइकल पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा वितरण गर्ने प्रदेश २ सरकारको योजना छ । राजविराजमा स्टोर गरिने साइकल सप्तरी र सिरहाका बालिकालाई बाँडिने छ ।

टेन्डरमार्फत् खरीद, मूल्य फरक–फरक

१४ हजार साइकल खरीद गर्न मुख्यमन्त्री कार्यालयले टेन्डर प्रक्रिया पूरा गरेको छ । जसअनुसार दुई सफ्लायर्सले साइकल खरीद गरेर प्रदेश सरकारलाई उपलब्ध गराउनेछन् ।

हेलेक्स इन्टरप्राइजेज काठमाडौंले ४ हजार थान र वेभ सान्यो काठमाडौंले १० हजार थान साइकल प्रदेश सरकारलाई दिने जिम्मा लिएको छ । यसमध्ये हेलेक्स इन्टरप्राइजेजले आफ्नो चार हजार साइकल मुख्यमन्त्री कार्यालयलाई बुझाइसकेको छ । यी दुवै कम्पनीकोबीच झण्डै रु ६ सयको फरक छ ।

वेभ सान्योले हालसम्म्म साइकल नदिएको र चाँडै दिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

हेलेक्सले ४ हजार साइकल उपलब्ध गराउन रु २ करोड ६४ लाख ३७ हजार ४ सय ८० भ्याटसहितको रकम लिएको छ । यो रकमअनुसार प्रति साइकल ६ हजार ६ सय ९ रुपैयाँ ३७ पैसा परेको छ ।

१० हजार साइकलको एकमुष्ठ रु ७ करोड १९ लाख ८१ हजार मूल्य तोकिएको छ । यो मूल्य अनुसार प्रति साइकलको मूल्य ७ हजार १ सय ९८ रुपैयाँ १ पैसा पर्दछ ।

मुख्यमन्त्री कार्यालयले छुट्टाछुट्टै टेण्डर भएकाले मूल्य फरक परेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment