Comments Add Comment

बच्चाको नाम गुगल राखेपछि दुनियाँकै अनौठो अवार्ड

जो कोही आमाबुवा आफ्नो नवजात शिशुको नाम जुराउन निकै कसरत गर्दछन् । इण्डोनेसियामा एक दम्पत्तिले भने आफ्नो बच्चाको नाम गुगल राखे । छोराको अनौठो नाम राखेपछि ती आमा बुवालाई सबैले खिसिट्यूरी गर्न थाले । तर उनीहरुको त्यो निर्णय अहिले सही सावित भएको छ । ८ महिना उमेरको उक्त बच्चाको नाम निकै लोकप्रिय मात्र बनेको छैन, सबैले चिन्न थालेका छन् ।

दुनियामा अहिलेसम्म सायद पहिलोपटक कुनै बच्चाको नाम गुगल राखिएको हो । सायद त्यहीँ भएर इण्डोनेसियाका मिडियाहरुले उक्त बच्चाको नामलाई विश्वको सबैभन्दा शक्तिशाली नाम अर्थात् वल्र्डस् स्ट्रोंग्रेस्ट नेम को उपाधि पनि भिराएका छन् ।

एण्डी काया सुपुत्रा र उनकी पत्नी इला कारिनाले ७ महिना अघि, अर्थात् गत नोभेम्बर ३० मा छोरा जन्माएका थिए । आफ्नो छोराको नाम निकै फरक होस् भन्ने उनको चाहना थियो । बच्चा जन्मनु अघि र जन्मिसकेपछि पनि उनले बच्चाको नाम के राख्ने होला ? भनेर धेरै जनासँग सल्लाह मागे । तर सुझावमा प्राप्त भएका नामहरुमा उनलाई चित्त बुझेन ।

अन्ततः बच्चा जन्मिसकेपछि उनले आफ्नो छोराको नाम प्रविधिको दुनियासँग सम्बन्धित चिजहरुबाट राख्ने निधो गरे ।

प्रविधिको नामबाट छोराको नाम राख्ने निधो गरेपछि पनि टुंगोमा पुग्न उनलाई गाह्रो भयो । उनले धेरै नामका बारेमा सोँचे । विन्डोज, आइफोन, माइक्रोसफ्ट देखि आइओएस सम्मका नामहरु मनमा खेलाउँदा पनि उनलाई चित्त बुझेन । अन्त्यमा एउटा प्रविधि जगतको एउटा लोकप्रिय ब्राण्डमा गएर उनी अडिए । त्यो थियो गुगल । अन्ततः उनले छोराको नाम ‘गुगल’ राख्ने निधो गरे ।

उनले निधो गरेर छोराको नाम गुगल राखेपनि उनकी पत्नी, आमाबुवा तथा घरपरिवार र ससुरालीहरु समेत सहमत भएनन् । जन्मदर्ताका लागि नाम र थर दिनुपर्नेमा उनले आफ्नो छोराको थर नभएको बताए र गुगल नाममात्रै दर्ता गरे ।

सुरुमा पत्नी र परिवारले नस्विकारेको तथा अरुले खिसी गरेको नाम विस्तारै सबैलाई पानी पर्न थाल्यो । सो अनौठो तथा फरक नामले विस्तारै चर्चित पनि हुन थाल्यो ।

गुगल शव्द विश्वभर नै चर्चित हुनुका साथै यो नामसँग जो कोहीपनि परिचित भएको हुँदा आफुले त्यो नाम छनोट गरेको एण्डी बताउँछन् ।

एण्डी र इला आफ्नो छोरा गुगललाई भविष्यमा नेता बनाउन चाहन्छन् । गुगलले जस्तै आफ्नो छोराले अरुलाई सहयोग गरोस् र अरुका लागि काम आओस् भन्ने कामना उनीहरुको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment