Comments Add Comment

अन्तिम चुम्बनको बहानामा प्रेमीको जिब्रो काटिन् युवतीले

Photo Credit : सांकेतिक तस्वीर

एकजना युवतीले आफ्नो प्रेमीलाई अन्तिमपटक चुम्बन गर्ने बहानामा प्रेमीको जिब्रो काटिदिएकी छिन् ।

चुम्बनको बहानामा जिब्रो काटिदिने ती युवतीलाई प्रहरीले गिरफ्तार गरेको छ । यो घटना स्पेनको बार्सिलोनामा भएको हो ।

आडिया लोपेज इस्टिवे नामकी युवतीले दोश्रोपटक ब्रेकअप भएसँगै प्रेमीको जिब्रो काटिदिएकी हुन् ।

उनीहरुको पहिलो रिलेसनशीप सन् २०१६ मा सुरु भएको थियो, जुन केवल २ महिनासम्म मात्र चल्न सक्यो ।

त्यसको केही समयपछि फेरि दुबैजना प्रेममा गाँसिने निधो गरे । तर चार महिनापछि नै प्रेमी चाहीँले आफु आफ्नो परिवर्तन भैरहने मूडका कारण थाकिसकेको बताउन थाले ।

त्यसपछि उनीहरुबीच झगडा हुन थाल्यो । एकदिन झगडाकै बीचमा प्रेमिका इस्टिवे आफ्नो अपार्टमेन्टबाट बाहिर निस्किएर रक्सी पिएर हल्लाखल्ला गर्न थालिन् । एकछिन पछि उनी अपार्टमेन्टमा छिरिन् र माफी माग्दै आफ्ना प्रेमीलाई फकाएर अब अन्तिम पटक चुम्बन गरेर छुट्टिउँ भनिन् ।

उनले हातमा चक्कु लिएर आएकी थिइन् । उनले प्रेमीलाई आलिंगन गरिन् । दुबै जनाले एक अर्काको मुखमा जिब्रो छिराएर चुम्बन गरे । जब प्रेमी चाहीँ आँखा चिम्लिएर चुम्बनमा लीन थिए तब उनले हातको चक्कुले प्रेमीको जिब्रो काटिदिइन् । अनि आफ्नो मुखमा रहेको प्रेमीको जिब्रोको टुक्रा थुकेर त्यहाँबाट भागिन् ।

जिब्रो काटिएका प्रेमी पीडाले चिच्याउन थाले । उनको मुखबाट रगत निस्किरहेको थियो । छिमेकीहरुले उद्दार गरेर उनलाई अस्पताल पूराए ।

ती युवतीलाई प्रहरीले गिरफ्तार गरेर प्रारम्भिक अनुसन्धान पछि अदालतमा पेश गर्दैछ । उनीमाथि १० वर्षको सजायँ माग गरिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment