Comments Add Comment

केन्द्रीय कारागारका कैदीबन्दीले उत्पादन गर्ने कपडा बेच्न पसल खोलिदैं

१९ असार,काठमाडौं । कारागारका बन्दीले उत्पादन गरेका समाग्रीको बजार प्रर्वधन गर्न स्थायी बिक्री केन्द्र निमार्ण कार्य सुरु भएको छ । देशका बिभिन्न कारागारमा उत्पादन हुने स्तरीय तन्ना, पर्दा, सारी, सटिङ्ग एवं पप्लीनहरु सस्तो मूल्यमा पाइन्छ भन्ने जानकारी सर्वसाधरणलाई गराउन उद्योग विभाग हातामा बिक्री केन्द्र निर्माण थालिएको हो ।

त्रिपुरेश्वर टेकु रोडमा मुख्य सटरको मोहोडा हुने गरी चार कोठाको बिक्री एवं प्रर्दशनी स्थल निर्माण अघि बढेको उद्योग विभागका महानिर्देशक विनोदप्रकास सिंहले जनाकारी दिए । करिब २० लाख लागतमा निमार्ण हुने टसको उक्त केन्द्र श्रावण महिनाबाटै सञ्चालनमा आउने महानिर्देशक सिंहले बताए ।

केन्द्रीय कारागारका बन्दीहरुले सुती कपडाका स्तरीय सामान उत्पादन गरे पनि ग्राहकको पहुँच नपुग्दा उत्पादन ओझेलमा परेको पाए पछि केन्द्र स्थापना जरुरी भएको महानिर्देशक सिंह बताउँछन् । भृकुटीमण्डपमा केही समय अघि भएको घरेलु प्रर्दशनीमा निकै रुचाइएको बन्दीहरुद्धारा उत्पादित कपडा कारागारबाट बिक्री हुन मुस्किल भएको थियो ।

जेलमा आएर आफै कपडाको प्रकार छानेर लैजान सर्वसाधरणलाई असहज हुने भएकाले यस्तो केन्द्र जरुरी देखिएको उद्योग विभागका निर्देशक एवं प्रवक्ता बिनोदकुमार खड्का बताउँछन् । बाहिरबाट आयात भएका र बजारमा कम्तिमा एक सय रुपैयाँ पर्ने रुमाल यस्ता केन्द्रमा २५ रुपैयाँमै पाउन सकिने खड्काले बताए ।

सरकारको जेल सुधार योजना अनुसार केन्द्रीय कारागार काठमाडौं, झापा, कास्की र पाल्पामा कारागार तालिम केन्द्र सञ्चालनमा छन् । विभिन्न अभियोगमा लामो समय जेल जीवन बिताउनुपर्ने बन्दीलाई जेल भित्र बसेको समय सदुपयोग गरी जेल जीवनपछि स्वाबलम्बी बनाउन यस्तो कारखाना सञ्चालनमा छन् ।

आर्थिक वर्ष २०६१ सालदेखि हालसम्म २ हजार ८७१ जना बन्दीले यस्तो तालिम लिइसकेका छन् । उनीहरुले अहिलेसम्म ४५ हजार मिटर कपडा उत्पादन गरिसकेका छन् ।

आर्थिक वर्ष ०७४/०७५ मा कपडा बिक्रीबाट ६५ लाख आम्दानी गर्ने लक्ष्य लिएको कारारगार कारखानाले १० लाख बढी ७५ लाख रुपैयाँ बराबरको ब्यापार गरेको उद्योग विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment