Comments Add Comment

सांसद विकास कोषको बजेटमा भ्रष्टाचार आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा

१९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको महागढीमाई नगरपालिका ६ वडा अध्यक्ष रामजीप्रसाद बरैविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सांसद विकास कोषबाट आएको रकमबाट विद्यालयको कम्पाउण्ड वाल बनाउन उपभोक्ता समितिको अध्यक्ष बनाइदिने भन्दै २ लाख ७५ हजार रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अध्यक्ष बरैले सेवाग्राहीलाई नेपाल राष्ट्रिय माविको पर्खाल निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाइदिने र  अध्यक्ष बनाउन नसके पनि पर्खाल निर्माणको काम उसैमार्फत गराउने भन्दै घुस लिएको अख्तियारको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment