Comments Add Comment

काठमाडौंमा नाटक ‘अझै दुख्छ घाउ’को मञ्चन

१९ असार, काठमाडौं । द्वन्द्व पीडितको अवस्था चित्रण गर्ने नाटक “अझै दुख्छ घाउ“ को मञ्चन गरिएको छ । महिला, कानुन तथा विकास मञ्चले आयोजन गरेको फोटो प्रदर्शनीसँगै नाटक पनि प्रदर्शन गरिएको हो ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ५ दिनसम्म नाटक मञ्चनसँगै द्वन्द्व र द्वन्द्व पीडितबारे फोटो प्रदर्शनी, वृतचित्र प्रर्दशन र छलफल हुनेछ । प्रदर्शनीको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरेका हुन् ।

नाटकले द्वन्द्वका क्रममा मानसिक सन्तुलन गुमाएका मानिस र उनीहरुको तहसनहस भएको परिवारिक अवस्थाको चित्रण गरेको छ ।

शैली थिएटरका कार्यक्रम संयोजक नारायण न्यौपानेको लेखन तथा निर्देशनमा तयार गरिएको यस नाटकमा प्रियंका चौधरी, देबेन्द्र बब्लु, सुवास सुवेदी, रोबिन तामाङ,  करिश्मा केसी, सुरन्जन शर्मा, राज सुवेदी, निर्भिक भट्टराई, रुपक काफ्ले, प्रकृष्ट रेग्मीले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment