Comments Add Comment

विराटनगरका जनप्रतिनिधिलाई पोशाक किन्न १० हजार, मोवाइल खर्च मासिक १५ सय

१९ असार, विराटनगर । विराटनगर महानगरपालिकाले जनप्रतिनिधिलाई पोशाकका लागि १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

जनप्रतिनिधिहरु सुबिधाभोगी भएको गुनासो आइरहेको बेला महानगरको चौंथो नगरसभाले सबै जनप्रतिनिधिका लागि पोशाक खर्च भन्दै प्रतिव्यक्ति दश हजार दिने निर्णय गरेको हो ।

प्रशासनिक खर्च बढाउने क्रममा महानगरले जनप्रतिनिधिको मोवाइल खर्च भन्दै मासिक १५०० दिने निर्णय पनि गरेको छ ।

१० वडा रहेको विराटनगर महानगरपालिकामा १०० जनप्रतिनिधिहरु छन् । १०० जनाको पोशाककलागि मात्र १० लाख विनियोजन गरेका हुन् ।

भर्खरै सम्पन्न नगरसभाबाट प्रत्येक सदस्यलाई १० हजार रुपैयाँका दरले पोशाक भत्ता दिने निर्णय पारित भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

अन्य स्थानीय तहले पनि बजेट विनियोजन गरेका कारण विराटनगरले पनि बिनियोजन गरेको उनको भनाइ छ । महानगरका मेयर र उपमेयरले पोशाकका लागि छुट्याएको रकम नलिने उनले बताए ।

विराटनगर महानगरपालिकामा कर्मचारीलाई जस्तै जनप्रतिनिधिहरुलाई पनि महानगरले पोशाक तोक्ने गरी पोशाक भत्ता विनियोजन गरिएको पराजुलीले बताए ।

जनतालाई दुःख, जनप्रतिनिधिलाई सुबिधा 

महानगरपालिकाका जनप्रतिनिधि जनताको सुबिधा वृद्धिका लागि भन्दा पनि आफ्नो सुविधा कसरी बढाउन केन्दि्रत भएको उपभोक्तावादी संस्था पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् ।

जनताले तिरेको करमाथि खेलवाड गर्दै जनप्रतिनिधि फजुल खर्च बढाउन केन्दि्रत भएको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment