Comments Add Comment

केन्द्र सरकार नै प्रदेशलाई असफल पार्न लागेको छ : शेखर कोइराला

१९ असार, विराटनगर । नेपाली कांग्रेसका केन्दीय सदस्य डा. शेखर कोइरालाले नेकपा नेतृत्वको केन्द्रीय सरकार नै संघीयता मास्न र प्रदेशलाई असफल पार्न लागेको आरोप लगाएका छन् ।

प्रदेश १ कांग्रेस संसदीय दलले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्र संस्थागत गरी प्रदेशलाई दह्रो बनाउने जिम्मेवारी अब कांग्रेसको रहेको पनि बताए ।

‘प्रदेश रहला नरहला भन्ने अहिल्यै जनस्तरसम्म पनि बहस छेडिएको अवस्थामा यो संविधानतः आएकोले अब कांग्रेसले नै संस्थागत गर्ने भूमिका खेल्नु पर्छ, केन्दीय सदस्य कोइरालाले भने ‘संघीय सरकारले प्रदेशलाई सबल बनाउने सोचेकै छैन । उसले तल दिएको बजेटले नै यो पुष्टि हुन्छ ।’

कार्यक्रममा प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख विपक्षी कांग्रेसका सांसदले चर्को आलोचना गरेका छन् । सांसदले सरकारको अहिलेको भूमिका सिक्ने र सिकाउनेमा मात्र सीमित भएको टिप्पणी गरेका छन ।

विपक्षी दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भनी सरकारको टिप्पणी गरे । उनले प्रदेश सभामा भने कांग्रेसले विपक्षीको रुपमा गहन र जिम्मेवार ढंगले भूमिका निर्वाह गरेको जानकारी गराए ।

प्रमुख सचेतक केदार कार्कीले प्रदेश संसदमा प्रमुख विपक्षीको रुपमा कांग्रेसको भूमिका कमजोर नभएको दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment