Comments Add Comment

चार किलो चरेशसहित एक युवक पक्राउ

१९ असार, दार्चुला । दार्चुलामा झण्डै चार किलो चरेश सहित एक युवक पक्राउ परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर ६ बस्ने रमेशसिँह ठगुन्ना ३ किलो ८ सय ग्राम चरेश सहित रमेश सिँह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो ।

बंगाबगड–दल्लेख सडक खण्ड हुदै मोटरसाईकलमा जिल्ला सदरमुकाम खलंगा आउदै गरेका बेला बुधबार राति करिब ११ बजेतिर प्रहरी टोलीले ठगुन्नालाई चरेश सहित पक्राउ गरेको हो ।

सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायब निरीक्षक मदनसिँह धामी र प्रहरी चौकी दल्लेखबाट प्रहरी हवल्दार भरतबहादुर रावलको संयुक्त गस्ती टोलीले नौगाड २ दल्लेखबाट ठगुन्नालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताए ।

ठगुन्नाले चलाएको म १ प२४८४ नम्बरको मोटरसाईकल सहित प्रहरी नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तरगत मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment