Comments Add Comment

रोड्रिगो म्यान्चेस्टर सिटीमा अनुबन्धित

१९ असार, काठमाडौं । स्पेनिस खेलाडी रोड्री हेर्नान्डेज इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा अनुबन्धित भएका छन् ।

म्यान्चेस्टर सिटीले रोड्रिगोलाई ७० मिलियन युरो रिलिज क्लोजमा आफ्नो क्लबमा भित्र्याएको मार्काले लेखेको छ । स्पेनिस क्लब एट्लेटिको मड्रिडका सेन्टर मिडफिल्डर रोड्रिगोले सिटीसँग पाँच वर्षको सम्झौता गरेका हुन् ।

योसँगै रोड्रिगो सिटीका सर्वाधिक दोस्रो महंगा खेलाडी बनेका छन् । यसअघि सिटीले केभिन डे ब्रुयनलाई ७६ मिलियन युरोमा आफ्नो क्लबमा भित्र्याएको थियो ।

त्यस्तै, गत सिजनमा रियाड महरेजलाई ६७.८ मिलियन युरोमा आफ्नो क्लबमा भित्र्याएको थियो भने ६५ मिलियन युरोमा एयमेरिक लापोर्टेलाई सिटीले २०१८ को जनवारीमा आफ्नो क्लबमा अनुबन्धन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment