Comments Add Comment

घरेलु कार्यालय रोल्पाकी खरिदार घुससहित पक्राउ

१९ असार, बुटवल । घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यरत खरिदार निता शर्मा घुससहित पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले शर्मालाई बुटवलबाट ७० हजार घुससहित नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालका अनुसार कार्यालयको लागि सिकाई कटाई मेसिनमा कमिसन मागेको सूचनाको आधारमा अख्तियारको अनुसन्धान टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

कमिसनवापत बुझेको ७० हजार रकमसहित शर्मालाई बुटवलको मनकामना मन्दिरबाट नियन्त्रण लिएर अहिले अख्तियारको कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment