Comments Add Comment

प्रदेश १ मा गाडी दुर्घटनाबाट ११ महिनामा साढे ३ सयको मृत्यु

२० असार, विराटनगर । चालु आर्थिक बर्षको ११ महिनामा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा भएका सवारी दुर्घटनामा ३ सय ३४ जनाको मृत्यु भएको छ ।

२०७५ साउनदेखि २०७६ जेठठसम्म ११ सय ८२ वटा सवारी दुर्घटनामा ३ सय ३४ जनाको मृत्यु भएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको देखिएको बताए ।

‘कम्तीमा पनि दैनिक ४ वटा सवारी दुर्घटना हुने गरेको देखिन्छ, ती घटनामा परी दैनिक कम्तीमा एक जनाको ज्यान जाने गरेको छ’ उनले भने । चालु आर्थिक वर्षको ११ महिनामा सडक दुर्घटनामा परी २१ सय ३४ जना घाइते भएका छन ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको अनुसार अघिल्लो साल सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ सय २४ रहेको छ । त्यसैगरी आर्थिक बर्ष २०७३÷०७४ मा यो संख्या ४ सय ९८ जना रहेकोे थियो ।

एक ट्राफिक प्रहरीले १५ सय दुई सवारी हेनुपर्ने

पर्याप्त जनशक्तिको अभावमा हालको अबस्थमा प्रदेश १ मा एक ट्राफिक प्रहरीले १५ सय दुई सवारी हेर्नुपर्ने अवस्था रहेको छ ।

ट्राफिक प्रहरीको तथ्याङक अनुसार प्रदेश १ मा कुल सडकको डेढ किलोमिटर क्षेत्र बराबर एक ट्राफिक प्रहरीले १५ सय २ वटा सवारी साधन हेर्नुपर्ने हुन्छ ।
प्रदेशका १४ जिल्लामा कुल ५५ हजार ९ सय १० सवारी साधन रहेका छन् ।

सबैभन्दा बढी दुर्घटनाको चालकको लापरवाही 

प्रदेश १ मा सबैभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको छ । चालकको लापरवाहीले ४६ प्रतिशत र सडकका कारण ४० प्रतिशत दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्नेहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment