Comments Add Comment

वीरगञ्जको सुशील वनस्पति उद्योगमा आगलागी

२१ असार, वीरगञ्ज । पर्साको वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्तास्थित सुशील वनस्पति उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ३ बजेबाट आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका दमकल प्रयोग गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय परिचालित छन् । आगलागी कसरी भएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन । आगो पूर्णरुपमा नियन्त्रणमा लिएपछि अनुसन्धान गर्ने डिएसपी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment