Comments Add Comment

प्युठानको बड्डाँडामा जिप दुर्घटना, चालकको मृत्यु

२१ असार, प्यूठान । प्युठानको बड्डाँडा नजिक टाटा सुमो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाण्डेश्वरी यातायातको रा १ ज ६५८ नम्वरको सुमो सरुमारानी गाउँपालिका-४ बड्डाँडा नजिकै शनिवार विहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा प्यूठान नगरपालिका- २ दाखाक्वाडी निवासी ३३ वर्षीय चालक चन्द्रबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।सामुदायिक वनको भवन नजिकै पुलखोलाको सडकबाट दुई सय मिटर तल खोचमा गाडी खसेको अस्थायी प्रहरी पोष्ट बड्डाँडाका इन्चार्ज केमबहादुर बुढाथोकीले जानकारी दिए ।

दाङबाट रोल्पाको लिवाङ ९ जना यात्रु छोडेर फर्किने क्रममा दुर्घटना भएको प्रारम्भिक जानकारीमा खुलेको छ । लिवाङ जाने यात्रुहरुसँग चालकले यात्रुहरुसँग गाडि बिगि्रएको बताएका थिए । प्रहरीले दुर्घटनामा थप अनुसन्धान भैरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment