Comments Add Comment

विश्वकप क्रिकेट सेमिफाइनल : भारतसँग न्युजिल्यान्ड र अष्ट्रेलियासँग इंग्ल्यान्ड भिड्ने

२२ असार, काठमाडौं । विश्वकप क्रिकेटकाे सेमिफाइनलमा आयोजक टोली इंग्ल्यान्डले अष्ट्रेलियाको सामना गर्दा भारतले न्युजिल्यान्डसँग खेल्ने भएकाे छ  ।

जुलाई ९ मा हुने पहिलो सेमिफाइनलमा भारतले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै, दोस्रो सेमिफाइनलमा जुलाई ११ तारिखमा इंग्ल्यान्डले अष्ट्रेलियाको सामना गर्नेछ ।

फाइनल खेल भने जुलाई १४ मा हुनेछ ।

लिग चरणमा भारत शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा अष्ट्रेलिया तेस्रो स्थानमा इंग्ल्यान्ड र चौथो स्थानमा न्युजिल्यान्ड रहंदै विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेका हुन् । भारतले खेलको कुल ९ खेलबाट सात खेलमा जित, एक खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै १५ अंक बनाएको थियो ।

यता, अष्ट्रेलियाले भने ९ खेलबाट सात खेलमा जित र दुई खेलमा हार ब्योहोर्दै १४ अंक बनाएर दोस्रो स्थानमा रहेको हो । इंग्ल्यान्डले ९ खेलबाट ६ खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै १२ अंक बनाउँदा न्युजिल्यान्डले ९ खेलबाट पाँच खेलमा जित, तीन खेलमा हार र एक खेल भने पानीको कारण रद्द भएपछि अंक बाँड्दै ११ अंक बनाएको हो ।

जितविहीन अफगानिस्तान

यो विश्वकपमा अफगानिस्तानले भने जितविहीन हुँदै विश्वकप क्रिकेट टुंग्याएको छ । अंक हासिल गर्न नसकेको अफगानिस्तान एक मात्रै टिम हो । उसले खेलेको ९ खेलमध्ये सबै खेलमा हार ब्यहोर्दै घर फकिएको हो ।

यो पटकको विश्वकपमा पाकिस्तान अभागी टिम बन्यो । अंकमा न्युजिल्यान्डसँग ११ अंक बराबरी भए पनि नेट रनरेटमा पछि पर्दै पाकिस्तान विश्वकपबाट बाहिरियो । पाकिस्तानले खेलेको ९ खेलमध्ये पाँच खेलमा जित, तीन खेलमा हार र एक खेल भने वर्षाको कारण अंक बाँडेको थियो ।

विश्वकपको छैटौं स्थानमा भने श्रीलंका रह्यो । श्रीलंकाले ९ खेलमध्ये तीन खेलमा जित, चार खेलमा हार र दुई खेल वर्षाको कारण रद्द हुँदै अंक बाँडेर ८ अंक बनाएको थियो । त्यस्तै, सातौं स्थानमा दक्षिण अफ्रिकाले ठाउँ ओगट्दा आठौंमा बंगलादेश र नवौंमा वेष्ट इन्डिज रहन सफल भयो । दशौंमा स्थान भने अफगानिस्तानले हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment