Comments Add Comment

सलाहको टिम इजिप्ट आउट

२२ असार, काठमाडौं । आयोजक इजिप्ट अफ्रिका कप अफ नेसन्स फुटबलबाट बाहिरिएको छ ।

अइतबार बिहान भएको प्रि–क्वाटरफाइनल खेलमा इजिप्ट दक्षिण अफ्रिकासँग १–० गोल अन्तरले पराजित हुँदै अफ्रिका कप अफ नेसन्स फुटबलबाट बाहिरिएको हो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको इजिप्टले दोस्रो हाफमा गोल खान पुग्यो ।

खेलको ८५औं मिनेटमा थेमबिनकोसी लोर्चले गोल गर्दै दक्षिण अफ्रिकालाई जित दिलाए । उनकै गोलमा दक्षिण अफ्रिका क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इजिप्टले खेल समयभरि गोल गर्ने राम्रो अवसर खेर फाल्यो । आफ्नै घरेलु मैदानमा भएको प्रतियोगितामा मोहम्मद सलाहले आफ्नो देशलाई प्रिक्वारटफाइनलभन्दा माथि लान सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment