Comments Add Comment

डडेल्धुरामा ट्याक्टर दुर्घटना, १३ घाइते

२२ असार, डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन ।

जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जादै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर दिउँसो ४ बजेतिर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते १३ जनामध्ये १० जनालाई उपचारको लागि कैलाली लगिएको र बाँकी ३ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अत्यधिक गतिका कारण ट्याक्टर सडमै पल्टिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment