Comments Add Comment

इंग्ल्यान्डलाई पराजित गर्ने खाका तयार भइ सक्यो– स्टार्क

Photo Credit : AFP

२३ असार, काठमाडौं । जारी विश्वकपमा सर्वाधिक विकेट टेकर मिचेल स्टार्कले आयोजक इंग्ल्यान्डलाई पराजित गर्न अष्ट्रेलियाले खाका तयार पारिसकेको बताएका छन् ।

अष्ट्रेलिया र इंग्ल्यान्डबीचको सेमिफाइनल खेल ११ जुलाईमा हुँदैछ । दवै टिम फाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई विश्वास छ कि उनको टिमले इंग्ल्यान्डलाई पराजित गर्न रणनीति तयार गरिसकेको छ । स्टार्कले इंग्ल्यान्डलाई पराजित गर्न सुरुमै विकेट लिनुपर्ने बताएका छन् ।

विश्वकप क्रिकेटको लिग चरणमा यी दवै टिमबीचको खेल लर्ड्समा भएको थियो । जुन खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको थियो । २८६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई २२१ रनमै अलआउट गर्न स्टार्कले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उनले त्यो खेलमा चार विकेट लिएका थिए । पत्रकारहरुसँग स्टर्कले भनेका छन्, ‘इंग्ल्यान्डलाई जित्न यसअघिको खेलमा जस्तै यो खेलमा पनि सुरुमै विकेट लिनुपर्छ । योपटक ज्यासन रोय मैदानमा उत्रिने छन् । यो कुरामा हामीसँग अझै पनि समय छ हाम्रो योजनामा परिवर्तन गर्ने या नगर्ने ।’

लिग चरणको अन्तिम खेलमा अष्ट्रेलियाको प्रदर्शन राम्रो नभएको भन्दै उनले अब सेमिफाइनलमा त्यस्तो नुहने बताए । उनले भने, ‘विश्वकप जित्न सबै टिमलाई हराउनु पर्छ । सेमिफाइनल वा फाइनल जुनै टिम परेपनि विश्वकप उचाल्न जित्नु त पर्‍याे । त्यसको लागि हामीले राम्रो खेल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment