Comments Add Comment

प्रधानमन्त्रीसँग छलफल नगरी बैठकमा आउन्नँ : भीमसेनदास प्रधान

Photo Credit : फाइल तस्वीर

२३ असार, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठकमा सहभागी नहुने बताएका छन् ।

समितिले यसअघि नै राजदूतहरुको नियुक्तिका सन्दर्भमा प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । एक सदस्यका अनुसार कतिपय नियुक्तिहरु विवादास्पद हुनुका साथै मापदण्ड र समोवशिताबारे प्रधानमन्त्रीसँग छलफल गर्न समय मिलाउने जिम्मा सभापति लक्ष्मणलाल कर्णलाई दिइएको थियो ।

कर्णले प्रधानमन्त्रीसँग कुरा गरे पनि ओली संसदीय सुनुवाइ समितिमा आएका छैनन् ।

सोमबारको बैठकमा कांग्रेस सांसद् प्रधानले यसबारे ध्यानाकर्षण गराएका हुन् । उनले प्रधानमन्त्रीसँग छलफल नगरी अब बस्ने बैठकहरुमा आफू सहभागी नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment