Comments Add Comment

कतारमा नेपालको पानी बेच्न सकिन्छ : प्रस्तावित राजदूत भारद्वाज

२३ असार, काठमाडौं । कतारका लागि प्रस्तावित नेपाली राजदूत नारदनाथ भारद्वाजले नेपालबाट कतारमा खानेपानी बेच्न सकिने बताएका छन् । संसदीय सुनुवाई समितिमा सोमबार सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले नेपाली हिमालबाट आएका स्वच्छ पानी कतारमा बेच्न सक्ने सम्भावना रहेको बताएका हुन् ।

‘कतारमा पानीको अभाव छ । हाम्रो हिमालमा यहाँ ठुलो स्वच्छ पानीको भणडार छ । यहाँको पानी कतार लान सक्ने सम्भावना छ’ उनले भने ।

सुनुवाईका क्रममा उनले कतारी जेल र कोमामा नेपालीहरु रहेको उल्लेख गर्दै जेल परेकालाई छुटाउने वा सजाय कम गर्न पहल गर्ने बताए ।

कतारमा रहेका घाइते र अशक्तको समस्या समाधानका लागि कुटनीतिक पहल गर्ने र अशक्तलाई नेपालमै ल्याएर उपचार गर्नका लागि पहल गर्ने गर्ने पनि प्रस्तावित राजदूत भारद्वाजले प्रतिवद्धता ब्यक्त जनाए ।

कतारमा नेपाली कामदारलाई सम्मानजनक रोजगारी दिलाउन प्रत्यत्न गर्ने र दक्ष कामदार मात्रै जाने वातावरण बनाउन पहल गर्ने पनि उनले उल्लेख गरे ।

समग्रमा दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म कायम गर्न पहल गर्ने उनको भनाइ छ । नेपालमा कतारको लगानी भित्र्याउन र पर्यटनलाई पनि प्राथमिकतामा राख्ने उनले बताए ।

प्रस्तावित राजदूत भारद्वाजलाई काङ्ग्रेस साम्सद पुष्पा भुसालले आजाद भिसाबारे के गर्नुहुन्छ भन्ने प्रश्न गरिन् । जवाफमा उनले भने ‘त्यो भिसा नेपाली ठगिने आधार बनेको छ । त्यो स्थिति अन्त्य गर्न पहल गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment