Comments Add Comment

विश्वकप सेमिफाइनल : भारत कि न्युजिल्यान्ड ?

२३ असार, काठमाडौं । केही खेलाडी घाइते भए पनि विश्वकपको समूह चरणमा भारतको प्रदर्शन दमदार रह्यो ।

इंग्ल्याण्डसँग मात्र हारेको उसका रोहित शर्माले एउटै विश्वकपमा पाँच शतक होरेर कीर्तिमान बनाएका छन् भने टप अडर नचलेको बेला मध्यक्रमका ब्याट्सम्यानले पनि जिताएको छ । जसप्रित बमरसहितको बलिङ डिपार्टमेन्टको प्रदर्शन पनि लोभलाग्दो छ ।

तर एउटा टोलीसँग उसले खेल्न पाएन, त्यो हो न्यूजिल्याण्ड । वर्षाका कारण एक बल पनि नखेली रद्द भयो ।

अब सेमिफाइनलमा दुबै टोलीको परीक्षा हुनेछ ।

भारत र न्यूजिल्याण्डको सेमिफाइनल खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डको म्यान्चेस्टरमा हुनेछ ।

यो खेल दुबैका लागि सहज हुने छैन । भारतले भन्दा बढी न्युजिल्याण्डले आफ्नो खेल बढी सुधार गर्नुछ ।

किनकी न्युजिल्याण्डका ब्याट्सम्यानहरु आफ्नो लयमा फर्किन सकेनन् भने भोलि भारतलाई हराउन गाह्रो छ । भारतका रोहित शर्मा मात्र होइन, कप्तान विराट कोहली, केएल राहुल, महेन्द्रसिंह धोनीले पनि निर्णायक पारी खेल्न सक्छन् । जसप्रित बुमरालगायतका बलर पनि लयमा छन् ।

ठीक विपरित न्युजिल्याण्डका ब्याट्सयानहरु लयमा फर्कन संघर्षरत छ । श्रीलंकाविरुद्ध राम्रो प्रदर्शन गरेका मार्टिन गुप्टिलले त्यसपछि राम्रो खेल देखाउन सकेका छैनन् । बलरहरुको प्रदर्शन पनि ठूला टिमहरुसँग कमजोर देखिएको छ । त्यसैले त विश्वकपमा राम्रो सुरुवात गरेको न्यूजिल्याण्डले पछिल्लो तीन वटै खेल हार्‍यो र नेट रन रेटका आधारमा मात्र अन्तिम चारमा पुग्यो ।

तर मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियम्सन, टोम लाथम, रोस टायलर, हेनरी निकोलस जस्ता ब्याट्सम्यान तथा बलरहरु ट्रेन्ट बोल्ट, टिम साउथी कुनै पनि बेला खेलमा हावी हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment