Comments Add Comment

श्रीमतीलाई काँधमा बोकेर दौडिने अनौठो प्रतियोगिता, जित्नेले पाउँछ यस्तो पुरस्कार

आफ्नै पत्नीलाई काँधमा बोकेर दौडिनुपर्ने प्रतियोगिता पनि दुनियाँमा कहीँ होला ? तर हुँदो रहेछ । अझ यस्तो प्रतियोगितामा पहिलो हुनेले आफ्नै पत्नीको जिउको वजन बराबरको वियर पुरस्कारको रुपमा पाउँछ भन्दा झनै अनौठो लाग्ला ।

फिनल्याण्डको सोन्काज्भीमा सन् १९९२ हरेक वर्ष यो प्रतियोगिताको आयोजना गरिँदै आएको छ ।

गत शनिबार सम्पन्न यो वर्षको प्रतियोगितामा भाग लिनका लागि केवल फिनल्याण्डका मात्र होइन, फ्रान्स, जर्मनी तथा अस्ट्रेलियालगायतका कैयन् देशका जोडीहरु सहभागी भएका थिए ।

दौडको नियम अनुसार सहभागीको उमेर १७ वर्ष पुगेको हुनुपर्दछ । त्यस्तै पत्नीको तौल पनि ४९ किलोभन्दा धेरै हुनु पर्छ । यदि ४९ किलोभन्दा कम भएमा ४९ किलो पर्‍याउनका लागि त्यत्ति तौलका सामान भएको झोला बोक्नु पर्नेछ ।

प्रतियोगितामा विवाहित पति पत्नी मात्र नभएर प्रेमी प्रेमिकाहरुले पनि सहभागिता जनाउन सक्दछन् । यति मात्र होइन आफ्नी पत्नी नहुनेले छिमेकीको पत्नीलाई समेत बोकेर दौडिन सक्दछन् । यसलाई श्रीमती चोर्ने चलन पनि भनिन्छ ।

प्रतियोगितामा सहभागी पुरुषहरुले आफ्नी पार्टनर महिलालाई अनेक प्रकारले काँधमा बोकेर दौडिन्छन् । तर धेरैजसोको सजिलोका लागि पार्टनरको टाउको तल तथा खुट्टा माथि हुनेगरी काँधमा बोक्दछन् ।

दौडिने ट्रयाकको कूल लम्बाइ २५३.५ मिटर रहेको छ । त्यसभित्र दुईवटा सुख्खा तगारा तथा एउटा एक मिटर गहिरो पानीको कुवा पनि पार गर्नु पर्दछ ।

शनिबार भएको प्रतियोगितामा लिथुआनियाका Vytautas Kirkliauskas ले पुरस्कार जिते । आफ्नी पत्नी Neringa Kirkliauskiene लाई काँधमा बोकेर उनले ६५.७२ सेकेण्डमा दौड पूरा गरे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment