Comments Add Comment

सावित्री हत्याकाण्ड : थप १० दिन थुनामा राख्न अनुमति

ईश्वरी भन्छिन्– मेरो संलग्नता छैन, प्रेमी भन्छन् दुबै मिलेर हत्या

२४ असार, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-७, बाँसबारीकी सावित्री भट्टराई हत्या प्रकरणमा पक्राउ परेका चार जनालाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, भक्तपुरले भट्टराईकी छोरी ईश्वरी, उनका प्रेमी मोहम्मद नौसाद, कन्ट्याक्ट किलर भारतीय नागरिक अर्जुनकुमार भनिने भोला कुमार र मोहमद रइसलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यो पनि पढ्नुहोस सावित्री हत्याकाण्डः कसले लग्यो दराजको २२ लाख ?

उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पक्राउ गरेर १६ असारमा सार्वजनिक गरेको थियो । पहिलो पटक मोहम्मद र ईश्वरीलाई कर्तव्य ज्यान मुद्दामा ७ दिन र भोला र रइसलाई ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।

म्याद सकिएपछि सोमबार पुनः थप भएको हो । चार जनालाई पक्राउ गरेपछि प्रहरीले विवाहेत्तर सम्बन्धका कारण छोरी ईश्वरीकै संलग्तामा आमाको हत्या भएको तथ्य सार्वजनिक गरेको थियो । अहिले प्रहरी घटनालाई प्राविधिक विश्लेषणबाट पुष्ट्याइँ गर्नतिर जुटेको छ ।

‘बयानका आधारमा पहिले केही विषय खुलेका थिए’, जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी सविन प्रधानले अनलाइनखबरसँग भने, ‘अहिले प्राविधिक पक्षबाट खुलेका विषयलाई प्रमाणित गर्ने काम भइरहेको छ ।’

योबीच घटनास्थलबाट हराएको भनिएको २२ लाख रुपैयाँबारे पनि अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । तर, हालसम्म महत्वपूर्ण क्लू प्रहरीले फेला पार्न सकेको छैन ।

यो पनि पढ्नुहोस आमाको हत्या गर्न छोरीले १२ लाखमा खटाइन् ‘कन्ट्र्याक्ट किलर’ !

ईश्वरीले स्वीकारिनन् हत्या

अहिले प्रहरी हिरासतमा रहेकी ईश्वरीले भने इन्कारी बयान दिएकी छन् । अनुसन्धान अधिकृत स्रोतका अनुसार मोहम्मदसँग रहेको विवाहेत्तर सम्बन्धलाई स्वीकारे पनि हत्या आरोप अस्वीकार गरेकी हुन् ।

तर, मोहम्मदले ईश्वरीकै योजना अनुसार आमा सावित्रीको हत्या योजना बनाएको बयान दिएका थिए । सावित्रीको हत्यापछि सम्बन्ध अघि बढाउन सकिने आशमा उनले आफूलाई हत्या गर्न प्रेरित गरेको मोहम्मदको दाबी थियो ।

ईश्वरीकै सुझाव अनुसार दुई भारतीय नागरिकलाई १२ लाख भारतीय रुपैयाँ सुपारी दिएर हत्यामा प्रयोग गरिएको उनको बयान थियो । तर, ईश्वरीले त्यसलाई अस्वीकार गरेपछि प्रहरी थप प्रमाण जुटाउनतिर लागेको छ ।

मोहम्द भने अझै आफ्नो बयानमा अडिग रहेको प्रहरी स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस विवाहेत्तर सम्बन्धले बनायो ईश्वरीलाई आमाको हत्यारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment