Comments Add Comment

६ महिनाअघि नै सकियो सिञ्चाई आयोजना, ठेकदार सम्मानित

२४ असार, पोखरा । कास्कीमा मंगलबार विकास निर्माणको क्षेत्रमा देखिएको विकृतिभन्दा भिन्न दृश्य देखियो ।

निर्माण सम्पन्न गर्नुपर्ने मितिभन्दा ६ महिनाअघि नै सिञ्चाई आयोजना सकिएर अन्नबालीमा पानी लगाउन पाउँदा किसान गदगद थिए । समयमै काम सक्ने निर्माण व्यवसायी र उपभोक्ता समिति सम्मानित नै भए ।

प्रदेश सरकारले पहिलो योजना भनेर शिलान्यास गरेको माछापुच्छ«े गाउँपालिका ८ स्थित पौखोला सिमलवेशी सिञ्चाइ आयोजना सम्झौताअनुसार मंसिरसम्म काम सकिनुपथ्र्यो । १ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना झण्डै ७० लाख रुपैयाँमा निर्माण सकिएको हो ।

उपभोक्ता समितिले २३ लाख र उक्त ठेकेदार कम्पनीले ४६ लाख ७९ हजार रुपैयाँमा २०७६ मंसिर २६ आयोजना निर्माण गरिसक्नुपर्ने सम्झौता थियो । आयोजनामार्फत २ सय परिवारका ३५ हेक्टर जमिनमा सिञ्चाई पुग्नेछ ।

सम्झौताभन्दा अघि नै काम सकिएपछि प्रदेश सरकारले उपभोक्ता समितिका संयोजक शंकरमान गुरुङ र निर्माण व्यवसायी हरि लम्साललाई सम्मान गरेको छ । उनीहरुलाई सम्मान गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने, ‘यसरी बेलैमा काम सकियो भने हामीले धेरै छलाङ मार्छौं ।’

मन्त्री बस्नेतले उनले समयमै काम नसक्ने निर्माण व्यवसायीलाई भने कारबाही गर्ने बताए । ‘निर्माण व्यवसायीकै ढिलासुस्तीका कारण विकास निर्माण प्रभावित भइरहेको छ । प्रदेशको काममा ढिलासुस्ती गर्नेको नाम व्यवस्थित गरेर राखिन्छ र कारबाही गरिन्छ’ उनले भने ।

प्रदेश सरकारले बजेट विनियोजन गर्दा कुनै पनि योजना सम्पन्न हुने गरी गर्ने उनले बताए । ‘प्रदेश सरकारले ३० लाखभन्दा कमको योजना नै बनाएको छैन । साना योजनामा पैसा हालेका छैनौं’ मन्त्री बस्नेतले भने ।

सोही क्षेत्रका सांसद रामजी बरालले निर्माण सम्झौता नसकिँदै काम सम्पन्न हुने हो भने देशले विकासमा फड्को मार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment