Comments Add Comment

किन १०ः१० बजाइन्छ घडीको विज्ञापनमा ?

पत्रपत्रिका तथा अन्य ठाउँमा तपाइँले घडीका विज्ञापन त अनेक देख्नुभएकै छ होला । प्रायः त्यस्ता विज्ञापनमा देखाइने घडीमा घण्टा र मिनेट सुई १० बजेर १० मिनेट गएको गरी मिलाइएको हुन्छ । आखिर विज्ञापनको घडीमा किन १० बजेर १० मिनेट गएको देखाइन्छ त ?

यसो गर्नुका केही कारण रहेछन् । त्यसमध्ये प्रमुख ५ कारण यस्ता छन्ः 

· १० बजेर १० मिनेटमा घडीका सुईहरु एक सन्तुलित स्थानमा हुन्छन् । मनोवैज्ञानिकहरुका अनुसार मानिसहरु सन्तुलित चिजहरु नै हेर्न मन पराउँदछन् । त्यसैले घडीको विज्ञापनलाई मनोवैज्ञानिक रुपमा आकर्षक बनाउन यस्तो गरिएको हुनसक्छ ।

· १० बजेर १० मिनेट जाँदा घडीका घण्टा र मिनेट सुईको अवस्थिति हेर्दा मान्छेको अनुहारमा मुस्कुराहट देखाउनका लागि बनाइने आकृति जस्तो बन्दछ । स्माइलीको आकृतिमा घडीलाई प्रस्तुत गर्न पनि यस्तो गरिएको होला ।

· घडीमा १० बजेर १० मिनेटको समयमा सुईको अवस्थितिले भी आकार बनाउँदछ । भी भनेको विजय तथा जितको संकेत हो ।

· १० बजेर १० मिनेटको अवस्थामा घडीका सुईहरुको जुन अवस्था हुन्छ त्यसले घडीको भित्री भागमा कुँदिएका ब्राण्ड नाम, कम्पनीको लोगो जस्ता चिजहरु छेक्दैन । त्यसैले पनि विज्ञापनमा कडीमा १०ः१० बजाइएको हुनसक्छ ।

· कतिपय मानिसका अनुसार सबैभन्दा पहिले घडीको आविष्कार हुने बेलामा १० बजेर १० मिनेटको समय हुनसक्छ । त्यसैले उक्त समयलाई घडीको विज्ञापन चित्रमा पनि प्रयोग गरिएको हुनसक्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment