Comments Add Comment

भारत र न्युजिल्यान्डबीचको बाँकी खेल सुरु

२५ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्ड र भारतबीचको रोकिएको खेल सुरु भएको छ ।

इंग्ल्यान्डको म्यान्चेस्टरमा मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहंदा पानी परेपछि खेल रोकिएको थियो । ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल सुरु भएको हो ।

यसअघि मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि यो खेल ‘रिजर्ब डे’ को लागि सारिएको थियो ।

खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।

त्यस्तै, न्युजिल्यान्डका लागि क्रिजमा रोस टायलर ६७ रन बनाएर अविजित छन् । न्युजिल्यान्डले ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रनदेखि नै ब्याटिङ थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment