Comments Add Comment

के हरिहर बन्दैछन् नेपाली ‘कविर सिंह’ ?

अहिले बलिउडमा चलचित्र ‘कविर सिंह’ले धुम मच्चाइरहेको छ । व्यापारिक रुपमा मात्र होइन, दर्शक र समिक्षकको समिक्षामा पनि यो चलचित्र उत्कृष्ट ठहरियो । यो चलचित्रको चर्चा चलिरहेको समयमा नेपालमा पनि ‘अर्जुन रेड्डी’को रिमेक बन्ने चर्चा चलिरहेको छ ।

साउथको सफल चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक भर्सन हो, ‘कविर सिंह’ । वुझिएअनुसार, नेपालको एक टिमले ‘अर्जुन रेड्डी’को रिमेकको अधिकार ‘कबिर सिंह’ बलिउडमा बन्नु अगाडि नै खरिद गरेको थियो । त्यो समयका नायक प्रदिप खड्कालाई यसको अफर गरिएको थियो । तर, प्रदिपले काम नगरेपछि यो प्रोजेक्ट यसै सेलायो ।

तर, जब बलिउडमा ‘कबिर सिंह’ बन्यो, यसपछि भने यो टिम फेरि तातेको हो । यही क्रममा नायक हरिहर अधिकारीसँग यो बिषयमा कुरा भएको थियो । हरिहरले अनलाइनखबरसँग कुरा गर्दै भने–‘म उहाँहरुसँग नजिक भएकाले मलाई अफर आयो । नेपाली भाषामा गर्दा कस्तो होला भन्ने छलफल भएपछि गर्न सकिन्छ भनेर म आफ्नै तरिकाले अभ्यासमा लागेँ ।’

हरिहर अहिले दैनिक जीम धाइरहेका छन् भने, आफूलाई पात्र अनुसार ढाल्नमा लागिपरेका छन् । अभ्यास गर्दा यो पात्र निर्वाहा गर्न आफूले सक्छु भन्ने उनलाई लागेको छ । तर, अहिलेसम्म यो चलचित्र बन्ने वा नबन्ने, हरिहरले काम गर्ने वा नगर्ने फाइनल भैसकेको छैन । हरिहरले आफ्नाृ चलचित्रको टिमसँग कुनै खालको संझौता नभएको बताए । उनले भने–‘म अहिले पोखरामा छु । मलाई यो भूमिकाका लागि अफर आएको छ । म यसका लागि पनि तयारी गरिरहेको छु । अब, यो चलचित्र बन्ने पक्का भयो भने टिमअप हुन्छ ।’ उनले आफूले ‘कबिर सिंह’ हेरेपछि यो भूमिका गर्न सक्छु भनेर विश्वस्त भएको समेत सुनाए ।

नेपाली दर्शकले हिन्दी भाषामा ‘कबिर सिंह’ हेरिसकेका छन् । नेपाली भर्सनमा यो चलचित्र बन्यो भने दर्शकले बलिउड चलचित्रलाई जस्तै माया दिन्छन् या दिदैनन्, अहिले नै भन्न सकिने अवस्था छैन । तर, ‘शुभ लभ’बाट असफल ब्यहोरेका हरिहर भने यो चलचित्रका लागि सक्दो मिहिनेत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment