Comments Add Comment

नागरिकको सरकार गठनको माग गर्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन

Photo Credit : चन्द्र आले

२५ असार, काठमाडौं । दृष्टिविहीन, अपाङ्ग, असहाय र असक्तहरुले १३ बुँदे मागसहित बुधबार राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले पार्टीको नभइ अब नागरिकको सरकार गठन गर्नु पर्ने र अपाङ्गता भएकाहरुका लागि छुट्टै मन्त्रालयको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरुले देश र जनताप्रति उत्तरदायी राज्य व्यवस्था कायम हुनुपर्ने मागसमेत राखेका छन् ।

यसबाहेक अपाङगता भएकाहरुको स्वास्थ्य, रोजगार, शिक्षा र बासस्थानको व्यवस्था राज्यतर्फबाट गरिनुपर्ने, ‘दृष्टिविहीनहरुको सहारा राष्ट्रको अभिभारा’ भन्ने नारा यथार्थमा परिणत गर्नुपर्ने, अपाङगता भएकाहरुलाई सडकबाट मुक्ति दिने भनाइ कार्यान्वयन गर्नुपर्ने माग उनीहरुको छ ।

यस्तै, भ्रष्टाचारजन्य कि्रयाकलाप बन्द गर्नुपर्ने, भिख होइन सीपको व्यवस्था गरी रोजगारीको सुनिश्चिता गर्नुपर्ने, अपाङ्ता भएकाहरुका लागि सबै ठाउँमा न्यायिक डेस्क स्थापना गर्नुपर्ने र सहयोगका नाममा खोलिएका सँस्थाहरु नियमसंगत संचालन गर्न वा खारेज गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

प्रदर्शनमा उत्रिएका मध्येबाट १० जनालाई बार्ताका लागि भन्दै प्रहरीले भ्यानमा राखेर लिएको छ ।

तस्वीरहरू  : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment