Comments Add Comment

एकैपटक ९३० विद्यालयमा अत्याधुनिक कम्प्युटर प्रयोगशाला

२४ असार, काठमाडौं । दूरसञ्चार प्राधिकरणले ९ सयभन्दा बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (ल्याब) स्थापना गर्ने भएको छ । यसका लागि गरिएको टेन्डरमा ३ वटा कम्पनीले इच्छा देखाएका छन् ।

आइटी ल्याब स्थापनाका लागि आँखु इन्टरप्राइजेज प्रालि, बालाजु, वल्र्ड डिष्ट्रिब्यूसन नेपाल काठमाडौं र ओब्सी, म्याक्स, नेपाको जेभीले इच्छा देखाएका हुन् । तीनै कम्पनीको आर्थिक प्रस्ताव पनि प्राधिरकणले खोलिसकेको छ । यीमध्ये छनोट हुने कम्पनीले छानिएका विद्यालयमा सम्झौता भएको ६ महिनाभित्रै प्रयोगशाला स्थपना गरिसक्नुपर्ने प्राधिरकणका प्रवक्ता मिनप्रसाद आर्यालले जानकारी दिए ।

झण्डै ४ अर्ब खर्च हुने अनुमान गरिएको यो योजनाले ग्रामीण स्तरका विद्यालयको शिक्षाको गुणस्तर सुधार्न सघाउ पुग्ने आशा प्राधिरकणको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने र सूचना प्रविधिको माध्यमबाट विद्यार्थीको सिकाई क्षमता बढाउने उद्देश्यले यस्तो योजना बनेको हो ।

प्राधिकरणले यस्तो ल्याब निःशुल्क बनाएर विद्यालयलाई प्रदान गर्न लागेको हो । सामुदायिक विद्यालयका विद्यार्थीलाई सूचना प्रविधिमा अभ्यस्त गराउने उद्देश्यसहित प्रयोगशाला बनाउन लागिएको प्राधिकरणले जनाएको छ । यसका लागि ग्रामीण दूरसञ्चार कोषको रकम खर्च गरिँदैछ।

प्राधिकरणले स्थापना गर्ने एउटा प्रयोगशालामा  २४ वटासम्म कम्प्यूटर  हुनेछन् । जसमा २ सेट हार्ड डिस्क (एक्सर्टनल) पनि दिइनेछ । विद्यालयको प्रयोगशालामा इन्टरनेट पनि जोडिनेछ । त्यसका लागि राउटर निःशूल्क जडान हुनेछ  ।

बत्ति नभएको विद्यालयमा सोलार सिस्टमसमेत जडान गर्ने गरी यो टेन्डर अवार्ड हुनेछ । प्रयोगशाामा अत्याधुनिक प्रोजेक्टर, पि्रन्टर, सर्भिलेन्स सिस्टम, स्वीचहरु पनि हुनेछन् ।

प्राधिकरणले प्रयोगशाला सञ्चालनका लागि विद्यालयलाई सक्षम बनाउने योजना पनि ल्याएको  छ । त्यसका लागि विद्यालयका शिक्षकलाई तालिम दिनेसम्मका कार्यक्रम छन् ।

विद्यालयमा अध्ययरत बाबिालिकालाई सूचना प्रविधिबारे ज्ञान दिलाउन र त्यसका माध्यमबाट भविष्यमा दक्ष युवाशक्ति उत्पादन गर्न यो कार्यक्रमले सघाउ पुर्‍याउने प्राधिकरणको विश्वास छ । प्रयोगशाला स्थापनापछि सञ्चालनको जिम्मा भने विद्यालयले नै लिनुपर्नेछ । प्रयोगशाला स्थापनाका लागि प्राधिकरणले प्रस्ताव नै आह्वान गरेर विद्यालयहरु छानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment