Comments Add Comment

हुम्ला जीप दुर्घटना : ढुंगाको चेपमा भेटियो उपाध्यक्षको शव

२५ असार, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका-५ बेणुबिसौनामा भएको जीप दुर्घटनामा बेपत्ता गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको शव भेटिएको छ । कर्णाली नदीमा जीप खसेको २२ दिनपछि बुधबार शाहीको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, हुम्लाका डीएसपी रामप्रसाद घर्ती मगरले शाहीको शव भेटिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘म पनि घटनास्थलमा पुगेर भर्खरै आइपुगेको छु । उपाध्यक्षज्यूको शव सनाखत भएको छ ।’

मगरका अनुसार उपाध्यक्षका श्रीमान धिरेन्द्रले शाहीको बायाँ हातको माझी औंलामा भएको औंठीबाट सनाखत गरेका हुन् । प्रहरीका अनुसार उनको शव ढुंगाको चेपमा अड्किएको अवस्थामा नागाड भन्ने ठाउँमा भेटिएको थियो ।

‘शव भेटिएपछि स्थानीयले हामीलाई खबर गर्नु भएको थियो’, मगरले थपे, ‘गएर शव ल्याएका छौं ।’ यसअघि ३ असारमा लु१ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दा १० जना बेपत्ता भएका थिए ।

बेपत्ता भएकाको शवको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय, कुरिनटारका प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा १० जनाको गोताखेर टोली पनि खटिएको थियो । तर, शव नभेटिएपछि फर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment