Comments Add Comment

भोजपुर घटनाको यथार्थ तत्काल सार्वजनिक गर : कांग्रेस

२५ असार, काठमाडौं । नेपाली कांग्रेसले भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ता मारिएको घटनाको यथार्थ सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । विज्ञप्ति जारी गरी कांग्रेसले बुधबार विहान भएको भोजपुर घटनाको सत्य तथ्य विवरण सार्वजनिक गर्न माग गरेको हो ।

विप्लवको हिंसात्मक गतिविधिजस्तै सरकारको निषेधको रणनीति पनि गलत भन्दै कांग्रेसले सरकारले प्रतिबन्ध लगाएछि नै विप्लवका गतिविधि चर्किन थालेको दावी गरेको छ ।

सत्तारुढ र विद्रोही दुबै कम्युनिस्ट पार्टीलाई एकथरीले क्रान्तिका नाममा र अर्कोथरीले शान्ति सुरक्षा स्थापनाको सरकारी दायित्वका नाममा जनताको रगतमा होली नखेल्न हामी चेतावनी दिन चाहन्छौं’ प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment