Comments Add Comment

संजय लीला भन्साली र अक्षय एकसाथ, बन्ने भो राउडी राठौर-२

बलिउडमा अहिले रिमेक र सिक्वेलको सिलसिला चलेको छ । हलमा यतिबेला ‘कबीर सिंह’ चलिरहेको छ, जुन दक्षिण भारतिय चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक हो ।

सन् २०१२ मा यस्तै रिमेक बनेको थियो, राउडी राठौर । अक्षयकुमार स्टारर यो चलचित्र दक्षिण भारितय चलचित्रको रिमेक थियो । राउडी राठौरलाई प्रभु देवाले निर्देशन गरेका थिए । अहिले यही चलचित्रको सिक्वेल बन्ने खबर आएको छ ।

अतः यसको सिक्वेलले निर्देशक सञ्जय लीला भन्साली र ‘खिलाडी ब्वाई’ अक्षयकुमारलाई एकै ठाउँ उभ्याउनेछ । भनिहालौं, राउडी राठौरका निर्मातामध्येका एक थिए सञ्जय लीला भन्साली । अहिले आएर पुनः एक पटक अक्षय र भन्सालीको जोडीले राउडी राठौर झैं कमाल गर्ने भएका हुन् । भन्साली र अक्षयले उक्त फिल्मको सिक्वेल बनाउने योजना बनाएका हुन् ।

सिक्वेलको योजना विगत लामो समयदेखि बनिरहेको बताइन्छ । तर, अक्षयको व्यस्त सेड्यूलका बीच त्यो यसअघि निमर्ँण हुन सम्भव भएको थियो । भन्साली स्वयं पनि अक्षयको फुर्सदको क्ष्ँणको प्रतिक्ष्ँा गरिरहेका थिए । अहिले आएर यो फिल्म बन्ने निश्चित प्रायः भएको हो । अक्षयले आफ्नो फिलम प्याडम्यानको एउटा इभेन्टका क्रममै राउडी राठौर-२ मा अभिनय गर्ने चाहना व्यक्त गरेका थिए । अहिले आएर अक्षयको चाहना पुरा हुने देखिएको हो ।

एउटा समाचारमा जनाइए अनुसार उक्त फिल्मको छायांकन २०२० मा प्रारम्भ हुने छ । यद्यपि, यो फिल्मको निर्देश्ँन कसले गर्ने भन्ने बारेमा अहिलेसम्म निश्चित भएको छैन ।

यसैबीच, अभिनेता अक्षय कुमार यही वर्षको अगष्ट १५ का दिन नयाँ फिल्म ‘मिशन मंगल’ मार्फत दर्शकमाझ आउँदैछन् । हालै मात्र उक्त फिल्मको टिजर सार्वजनिक भएको थियो । यसबाहेक उनी रोहित शेट्टीको सूर्यवंशीको छायांकनमा व्यस्त छन् । सूर्यवंशीबाहेक अक्षय कुमार लक्ष्मी बम, हाउसफूल ४ तथा गुड न्यूजमा पनि देखिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment