Comments Add Comment

रोहन श्रेष्ठसँग श्रद्धाको लगनगाँठो पक्कापक्की भएकै हो ?

नेपाली मुलका रोहन श्रेष्ठसँग बलिउड अभिनेत्री श्रद्धा कपूरको विवाह हुने चर्चा पुरानै हो । कुनैबेला यो चर्चा उत्कर्षमा थियो । यद्यपी पछि श्रद्धाका पारिवारिक स्रोतले यसलाई खण्डन गरिदिए । अन्ततः रोहन र श्रद्धाको विवाहको कुरा सेलायो ।

अहिले फेरी यो कुरा सतहमा आएको छ । खबर के छ भने, श्रद्धा र रोहनको विवाह हुने संभवना बलियो छ । आगमी बर्ष -अंग्रेजी क्यालेन्डर अनुसार) उनीहरुको विवाह हुने भएको हो ।

अभिनेत्री श्रद्धा कपूर यतिबेला आफ्नो नयाँ फिल्म ‘साहो’को अतिरिक्त रिलेशनशीपका कारण पनि चर्चामा छिन् । उनी रोहनसँग रिलेनसिपमा रहेको र घरजाम गर्ने सुरसारमा समेत रहेको चर्चा छ ।

नेपाली मुलका रोहन श्रेष्ठ बलिउडका स्थापित फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । रोहन आफैं पनि फोटोग्राफर हुन् । उनले बलिउडका प्रायः सबै सेलिब्रेटीहरुको फोटोसेसन गरिसकेका छन् । उनी फुटबलरको रुपमा समेत चिनिन्छन् ।

सामाजिक सञ्जालमा रोहन र श्रद्धाका थुप्रै तस्बिरहरु भाइरल भैरहेका छन् । अहिले आएर यी दुबैका बारेमा नयाँ खबर सार्वजनिक भएको हो ।

प्राप्त पछिल्ला विवरणहरुका अनुसार श्रद्धा र रोहन सन् २०२० को कुनै महिना वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरु विगत दुई वर्षदेखि एक-अर्काको रिलेशनशीपमा छन् । अब भने उनहिरुले आफ्नो रिलेशनशीपलाई आधिकारिता दिने निर्णय गरेका हुन् । भनिन्छ, श्रद्धाकी आमा शिवांगी कपूरले त उनीहरुको विवाहको तयारी नै थालिसकेकी छिन् । वैवाहिक समारोहका बारेमा उनले योजनाहरु नै बनाउन थालिसकेकी छिन् ।

त्यसो त श्रद्धा र रोहनको विवाहको औपचारिकताका बारेमा हालसम्म आधिकारिक पुष्टि भैसकेको छैन । केही समय पहिले जब शक्ति कपूरसँग श्रद्धा र रोहनको विवाहका बारेमा जिज्ञासा राखिएको थियो, त्यो बेला उनले उक्त कुरालाई अस्विकार गरिदिएका थिए । उनले आगामी ४-५ वर्ष श्रद्धाले विवाह गर्ने कुनै चाहाना नराखेको दावी गरेका थिए ।

यसैबीच, श्रद्धा यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म साहोको प्रदर्शन मिति पर्खेर बसेकी छिन् । फिल्ममा उनी बाहुबली स्टार प्रभाससंग देखिंदैछिन् । यो फिल्म अगष्ट १५ का दिन प्रदर्शन हुँदैछ । उक्त फिल्ममा नील नितिन मुकेह, ज्याकी श्राफ, चंकी पाण्डे, महेश मंजरेकर, मन्दिरा बेदी आदि कलाकारले पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment