Comments Add Comment

आईसीसीले गर्‍यो रोयमाथि कारवाही

२७ असार, काठमाडौं । बिहीबार २७ वर्षपछि इंग्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गर्दा ओपनर ज्यासन रोयले उत्कृष्ट प्रदर्शन गरे । तर उनी आईसीसीको कारवाहीमा परेका छन् ।

ज्यासन रोयलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियाविरुद्धको खेलको दौरानमा गलत व्यवहार गरेको भन्दै कारवाही गरेको हो । उनी १९.४ ओभरमा पट कुम्मिन्सको बलमा आउट भएका थिए । तर, आफूलाई ‘आउट’ दिइएको बारे एम्पायर कुमारा धर्मासेनसँग असन्तुष्टि जनाएका थिए ।

आईसीसीको नियम उल्लंघन गरेको भन्दै उनलाई म्याच फीको ३० प्रतिशत जरिवाना लगाइएको छ । त्यस्तै उनलाई दुई डिमेरिट अंक दिइएको छ ।

अष्ट्रेलियाविरुद्ध ८ विकेटको जित दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले ८५ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment