Comments Add Comment

सिंगिया खोलाले डुबायो विराटनगरको बस्ती

Photo Credit : हरि अधिकारी/अनलाइनखबर

२७ असार, विराटनगर । अविरल वर्षापछि सिंगिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाका ३ वडाका विभिन्न बस्ती डुवानमा परेका छन् । महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् ।

सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएकाे छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिका–२ र ८ का वस्ती पनि डुबानमा परेका छन् । यद्यपि, यी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने भएको छैन ।

बिहीबारदेखि सुरु वर्षा यथावत रहेकाले विराटनगर महानगरपालिकासँगै जिल्लाका अन्य स्थानको जनजीवन पनि अस्तव्यस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment