Comments Add Comment

हरिवंश आचार्यको बुढ्यौली गीत : ठट्टा पनि, यर्थाथ पनि

बुढ्यौली उमेर कसैलाई रुचीकर हुँदैन । यद्यपी हामी जीवनको उत्तरार्द्धमा त्यही बुढ्यौलीसँग पैठेजोरी खेल्नुपर्ने हुन्छ । उमेरको यो चरणमा पुगेपछि जीवन कस्तो लाग्दो हो ?

खान मन लागेको खान सकिदैन, रहर लागेका कुरा गर्न पाइदैन । कतिपय इच्छा र रहरलाई मनमै थाँती राख्नुको विकल्प हुँदैन । त्यसो हुँदाहुँदै पनि बुढ्यौलीलाई हामीले स्विकार्नैपर्छ । हास्य अभिनेता हरिवंश आचार्यले यस्तै स्विकारोक्ती गरेका छन्, गीतमार्फत ।

उमेरको हिसाबले हरिवंश स्वयम् ६० बर्ष पुगे । यद्यपी उनलाई बुढ्यौलीले छोएको छैन । बुढ्यौलीको अनुभूति चाहि पस्किएका छन्, गीतबाटै भएपनि ।

गीतको शीर्षक छ, बुढो हुन मन छैन ।

तर, यो विरहको गीत होइन । न जीवन दर्शन नै । रोमान्टिक भनौं भने पनि पूर्णत रोमान्टिक होइन । ठट्यौली शैलीको यो गीतले बुढ्यौलीका दुःख, कष्टलाई उजागर गरेको छ । रोचक चाहि के भने, हरिवंशले यो गीतलाई बुढ्यौली आवाजमै गाएका छन् । गीत सुनिरहँदा कुनै बृद्धले आफ्नो जवानीका दिनहरु कल्पिएर वर्तमानको तीतो पोखे झै लाग्छ ।

गीतको भिडियो हालै सार्वजनिक भएको छ । मह संचारले सार्वजनिक गरेको भिडियोमा हरिवंश आचार्य नै शीर्ष चरित्रमा छन् । पश्चिमा शैलीको गेटअपमा ठाँटिएका उनी गजब देखिएका छन् । ह्याट, टाइसुट र फुलेको घोप्टे जुँगामा हरिवंशलाई खुब सुहाएको छ ।

यो गीत हरिवंश स्वयम्ले लेखेका हुन् । निर्देशन सुदन केसीले गरेका हुन् । सुदनले यसअघि ‘दाल भात तरकारी’ चलचित्र निर्देशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment