Comments Add Comment

मिडिया लिएर बजार अनुगमन गर्दिन : उद्योगमन्त्री मातृका यादव

२७ असानर, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमन गर्दा सञ्चार माध्ययम साक्षी लिएर जाने पक्षमा आफू नरहेको बताएका छन् ।

वाािणज्य तथा आपूर्ति व्यवस्थापन विषयमा नेपाल चेम्बर अर्फ कमर्सले शुक्रबार आयोजना गरेको छलफलमा बोल्दै मन्त्री यादवले गल्ती प्रमाणित नभइ व्यवसायीको गलत प्रचार हुन नदिने प्रतिबद्धता जनाए ।

अनुगमनकै क्रममा दोषी पहिचान हुन नसक्ने तर सँगै गएका सञ्चार माध्यमबाट उक्त व्यवसायको व्यापक प्रचार हुने र यसले व्यवासायीलाई ह्युमिलेट हुने गरेको मन्त्री यादवको भनाइ छ ।

आफ्नो पसलमा अनुगमन नभएको भएर दशै तिहारमा मात्रै अनुगमन गरिन्छ भन्ने भ्रममा नबस्न व्यवसायीलाई मन्त्री यादवले सचेत गराए । सिमित स्रोत र साधनका भरमा अनुगमन फितलो भएको स्वीकार गर्दै मन्त्री यादवले सरकार व्यवसायीलाई अपमानित गर्ने पक्षमा नरहेको तर अनुगमन गर्न पर्ने बाध्यता पनि नल्याउन व्यवसायीलाई आग्रह गरे ।

सरकारले ल्याएको नीति व्यवसायीले अक्षरस पालना गर्नु पर्ने भन्दै उनले सरकारका कदम गलत भएको लागे छलफलको बाटो खुला रहेको बताए । आफूलाई पायक भएन भनेर सरकारी नीतिको आोचना गर्दै गलत गर्न थाले सरकार चुप नलाग्ने मन्त्री यादवले बताए ।

व्यवसायीका समस्या समाधान गर्न छलफल नै उत्तम विकल्प भएको भन्दै मन्त्री यादवले सरकारसँग जुध्न आए आफू पनि भिड्न तयार हुने चेतावनी दिए । लड्न भिड्नका लागि आफ्नो अनुभव उच्च रहेको भन्दै मन्त्री यादवले कुनै पनि बाहानामा सरकारसँग पौठे जोरी नर्गन व्यवसायीलाई आग्रह गरे । नेपालमा पुँजीको अभाव नभएको भन्दै मन्त्री यादवले व्यवसायीले आयत गरेर व्यवपार गर्न भन्दा पनि स्वदेशमा उत्पादन गर्नतर्फ ध्यान दिनु पर्ने बताए ।

छलफलको सुवात गर्दै चेम्बर अर्फ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चाडबाड नजिकिदैं गर्दा अनुगमन आतकंमा व्यवसायी परेको गुनासो गरेका थिए । अनुगमन व्यवसायीलाई आतकं सिर्जना गर्नेतर्फ भन्दा पनि जनचेतनामुलक हुनु पर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

साउन एक गतेदेखि अनिवार्य लागू हुने कम्प्यूटर बिलिङको समयसीमा एक वर्ष बढाइ दिन,विश्व ब्यापार संगठनको मर्म अनुसार भन्सारको काम कारबाही गर्न, वीरगञ्ज बाहेकका अन्या नाकाबाट पनि ब्लक कार्गो भित्र्याउने वातावरण बनाउन मन्त्री यादवलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment