Comments Add Comment

उपत्यकाका नदी तथा खोलामा उच्च बहाव, किनारका बस्तीमा त्रास

Photo Credit : शंकर गिरी

२७ असार, काठमाडाैं । निरन्तर वर्षाले काठमाडौं उपत्यकाभित्रका नदी तथा खोलाहरुमा पानीको बहाव उच्च भएपछि किनाराका बस्तीमा त्रास फैलिएको छ ।

बागमती, बिष्णुमती, धोबिखोला, हनुमन्ते, मनहरलगायतका नदी तथा खोलमा पानीको सतह सडकसम्म पुग्न लागेको छ । कतिपय किनाराका घरहरुमा खोलाको पानी प्रवेश गरेको छ भने अन्य ठाउँ पनि जोखिममा छन् ।

बागमतीले सडक तथा किनाराका कतिपय स्थानमा प्रवेश गरिसकेको छ । धोबिखोला किनारामा पनि त्रास फैलिएको छ ।खोला किनाराका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ ।

तस्वीरहरू : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment