Comments Add Comment

प्रदेश ५ मा ५० जनाको उद्धार टोली तैनाथ

२७ असार,बुटवल । मनसुनी वर्षाका कारण शुक्रबार साँझसम्म प्रदेश ५ मा विपदका घटना भएका छैनन् ।

प्रदेशका १२ वटै जिल्लाबाट सूचना आदान प्रदान भएको तर हालसम्म कुनै घटना नभएको प्रदेश प्रहरीले जनाएको छ । वर्षाका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड बेला बेलामा अवरुद्ध हुने र खुल्ने वाहेक अन्य विपदका घटना नभएको प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

वर्षा नरोकिएमा पहाडी जिल्लाहरुमा पहिरो र तराईका जिल्लाहरुमा बाढीको प्रकोप हुन सक्ने संभावनालाई मध्यनजर गरी विपद व्यवस्थापन गुल्मको ५० जनाको टोली उद्धारका लागि तयारी अवस्थामा तैनाथ गरिएको उनले बताए ।

यसवाहेक दंगा नियन्त्रण प्रहरी गण सुनवल र प्रदेश प्रहरी गण खजुरा बाँकेलाई पनि उद्धारका लागि सतर्क रहन निर्देशन दिइएको प्रवक्ता पोखरेलले बताए । प्रदेश ५ मा विपद व्यवस्थापनका लागि १२५ जनाको दरबन्दी भएपनि ७८ जना कार्यरत रहेको पोखरेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment