Comments Add Comment

अन्ततः बार्सिलोनाले ग्रिजम्यानलाई भित्र्यायो

२७ असार, काठमाडौं । बार्सिलोनाले फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ ।

लामो अन्यौलतापछि एथ्लेटिको मड्रिडका ग्रिजम्यान नाउक्याम्पमा आउन भएका हुन् । २८ वर्षीय विश्वकप विजेताले स्पेनिस च्याम्पियनसँग ५ वर्षे सम्झौता गरेका छन् ।

ग्रिजम्यानलाई अनुबन्ध गर्दा बार्सिलोनाले ‘बाइआउट क्लज’को १२० मिलियन युरो तिर्नेछ ।

रियल सोसिडाडबाट २०१४ मा एथ्लेटिको मड्रिडमा आएका ग्रिजम्यानले २५६ खेलमा १३३ गोल गरेका छन् । उनले जुन २०१८ मा नयाँ सम्झौता गरेका थिए तर, गत मेमा क्लब छाड्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment