Comments Add Comment

अब दराजमा खाद्य तथा घरायसी समान पनि

२७ असार, काठमाडौं । अनलाइन सपिङ ‘दराज’ले अब खाद्य तथा घरायसी समानहरुको पनि विक्री सुरु गरेको छ ।

दराजको डिमार्टबाट उपभोक्ताहरुले घरमा चाहिने खाद्य सामाग्रीहरु नून, चामल, दाल, तेलदेखि अन्य दैनिक आवश्यकताका समानहरु मगाउन सक्नेछन् । डिमार्टमा १५ सय वा त्यसभन्दा माथिको खरिदमा निःशुल्क वितरण सुविधा पाउनेछन् । दराजका अनुसार काठमाडौंबाट अर्डर गर्दा २४ देखि ४८ घण्टा भित्रआफ्नो सामान पाउनेछन् भने काठमाडौं बाहिरबाट अर्डर गर्दा २ देखि ४ दिन लाग्नेछ ।

डिमार्टले खास सामानमा ५५, ३०५, देखि ५०५ सम्म छुट दिनेछ । साथै बालबालिका तथा शिशुहरुको समानहरुमा महिना को अन्त्यमा थप छुटको सुविधा हुनेछ ।

डिमार्टबारे दराजका प्रबन्धनिर्देशक जय कवी भन्छन्, ‘सस्तो मूल्य, राम्रा अफरहरु, छुट, साथै द्रुत वितरण सेवाले गर्दा डिमार्ट अन्यभन्दा धेरै भिन्न र लावदायी छ । हामीले डिमार्टमा अझै धेरै सामान र सुविधाथपेर यसलाई डिपार्टमेटंल स्टोरको राम्रो विकल्प बनाउने कोशिसमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment